शव व्यवस्थापन स्थल तोक्न स्थानीय तहलाई निर्देशन

लहान । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ । शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएपछि शव गाड्ने/ जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकायलाई समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले निर्देशन दिएका हुन् । यस्तै शव व्यवस्थापन गर्दा शव वाहनमा लाग्ने इन्धन र शव वाहन चालकलाई प्रोत्साहन स्वरुप एकहजार रुपैयाँ स्थानीय तहले दिने निर्णय भएको छ । अहिले सिरहा अस्पताल र लहान अस्पतालसँग मात्र एक÷एक वटा शव बाहन छ । ती शव वाहनलाई उचित व्यवस्थापन गर्न अस्पताललाई नै जिम्मेवारी तोकिएको प्रजिअ कणेँलले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै कोभिड १९ महामारी नियन्त्रण तथा रोकमाथमका योजना तथा खर्चको विवरण अद्यावधिक गर्न स्थानी तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई डिसिसिएमसीले निर्देशन दिएको छ । डिसिसिएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी कणेँलको अध्यक्षतामा बसेको बैठकले सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय, गाउँपालिका÷नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका विभिन्न संस्थालाई योजना तथा आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको हो ।
गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिप्रकामा बुझाउन भनिएको छ ।गत आवमा पनि सो निर्देशन दिइएतापनि अधिकांश स्थानीय तहले खर्चका विवरण बुझाएका थिएनन् । रासस















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया