मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । तर, स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया