विदेशबाट समेत मतदान गर्न सकिने सम्भावनाबारे छलफल भइरहेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । उनको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो ।
तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।
उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन्। उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् । प्रधानमन्त्री कार्कीको सम्बोधन जारी रहेको छ ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया