मेलामा घुम्ने क्रममा झुला भाँचियाे, फसेको ५६ जनाको उद्दार
मेरोन्यूज
२०८२ असोज ११ गते ११:५१

जनकपुर ।जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेको ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।
नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो । विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित
















सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया