पचली भैरव जात्रामा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो

काठमाडौँ ।साढे चार दशक बन्द भएर गत वर्षदेखि पुनः सुरु गरिएको टेकुस्थित पचली भैरव जात्रामा भक्तजन एवं दर्शकको घुइँचो लागेको छ । आश्विन शुक्ल चतुर्थीका दिन पचली भैरवको लिङ्गो (योसिंः) ठड्याएर सुरु भएको जात्राको मुख्य दिन आज बिहानैदेखि मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
पूजा, आराधना एवं हवन सिध्याएर बेलुकी ५ः०० बजेपछि पचली भैरवको जात्रा राजधानीको भित्री सहरमा चलाइने काठमाडौँ महानगरपालिका– १२ का अध्यक्ष एवं पचली भैरव जात्रा गुठी व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिनुभयो । जात्रा टेकुस्थित मन्दिरबाट सुरु गरी लगन, हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ । हनुमानढोका दरबारस्थित कुमारी घरमा कुमारीको दर्शन गरी जात्रा गएकै मार्गबाट जैसीदेवल, ज्याबहाल, ब्रह्मटोलमा ल्याइने पनि उहाँले सुनाउनुभयो । यस क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा घुमाइने जनाइएको छ ।
जात्राका लागि पचली भैरवका गुठियारहरूले साँखुमाथिको जङ्गलबाट योसिंःका लागि रुख काटेर ल्याई ठड्याउने परम्परा छ । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन योसिंः ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ । आश्विन शुक्ल चौथीका दिन योसिंः उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ ।
यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ । अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा योसिंः ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको पनि अध्यक्ष महर्जनले जानकारी दिए ।










जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया