पाकिस्तानको पञ्जाबमा बाढीबाट ४२ लाख मानिस प्रभावित

पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लाहरूमा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ । सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ । यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घरहरू क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । बाढीका कारण १२ हजार ५५९ घरहरू क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुहरूको ज्यान गएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेहरुको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपैयाँ पुर्याउनु भएको थियो ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया