राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
बडादशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानून भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरेका छन् ।
सन्देशमा भनिएको छ– ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहित बन्धुत्व भावले यी विविधताबीच पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादशैँले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।’
उनले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद क्षणमा वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।










एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया