प्रधानमन्त्रीमा ओलीको नियुक्ति आजै, शुक्रबार शपथ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । संविधानको धारा ७६(३) अनुसार ओली राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई दिएको समयावधि सकिन लाग्दासमेत कुनै पनि दलले बहुमतको सरकारको दाबी गर्न नसकेपछि ओली संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
“हामी अब बहुमत पुर्याएर संविधानको धारा ७६ (२) अनुसार सरकारको दाबी गर्दैनाैं”, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मेरोन्यूजसँग भने, “अन्य दलहरुले पनि बहुमतको दाबी गर्ने स्थिति नरहेकाले अब एमाले अध्यक्ष ओली संविधानको धारा ७६(३) अनुसार नै प्रधानमन्त्री बन्नुहुनेछ ।”
उनले राष्ट्रपतिले दलहरुका लागि दिएको समयावधिभित्र कुनै पनि दलले दाबी प्रस्तुत नगरेपछि स्वतः धारा ७६ (३) अनुसार आफ्नै दलको नेता प्रधानमन्त्री बन्ने बाटो खुल्ने बताए ।
कुनै दलले पनि बहुमतको दाबी नगरेपछि राष्ट्रपतिले धारा ७६(३) अनुसार ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । “नियुक्ति आजै भए पनि शपथ ग्रहण भने भोलि मात्रै हुन्छ”, रिमालले भने ।
शपथ ग्रहणपछि ओलीले भोलि नै मन्त्रिपरिषद्समेत गठन गर्नेछन् । ओलीले धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि एक महिनाभित्र संसदबाट धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।
ओलीले जसपाको महन्थ राजेन्द्र पक्षलाई साथ लिएर अहिले नै बहुमत पुर्याउन सक्ने भए पनि त्यसो नगरी ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल पनि यही प्रक्रियाअुनसार नै मुख्यमन्त्री बनेका छन् ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया