तुइन खोलामा फेरि पहिरो, नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
मेरोन्यूज
२०८२ असोज १४ गते २०:५१

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् ।
पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् । पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया