‘विद्युतीय संरचनामा क्षतिपुग्न नदिन उच्च सतर्कता अपनाइएको छ’

काठमाडौँ।नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी तत्कालै सेवा सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण ‘ग्रिड सबस्टेसन’, विद्युत् उत्पादनगृह र वितरण सबस्टेसनलगायत संरचनामा हुनसक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताउनुभयो । ‘विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३÷३ जना कर्मचारी खटिन गरेकोमा हाल ६÷६ जना जना रहने व्यवस्था गरिएको छ ।
डुबान भएमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएका छन् । पहिरोको खतरा भएका ठाउँमा पनि सतर्कता अपनाइएको छ”, उहाँले भन्नुभएको छ,“विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा सहायता कक्ष एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।”














सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ
Ghedung delegates call on PM Karki
HoR Election: Chief Election Officer Offices to be established today
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया