लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चारजना बेपत्ता
मेरोन्यूज
२०८२ असोज १९ गते ७:१६

रसुवा । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चारजना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना खोल्सा तर्ने क्रममा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेका टोलीका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बगेका हुन्।
खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको थियो । तीमध्ये चार जना सम्पर्कमा आएका छन् । खोल्साले बगाएर संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता भएका हुन्।
वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा बगाएको हो। अहिले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया