आज असोज २२ गते बुधबार,कस्तो रहला तपाइको आजको दिन ?

काठमाडौं । आज २०८२ साल असोज २२ गते बुधबार । कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : नयाँ नयाँ कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा सहायता मिल्नेछ। विभिन्न किसिमका भ्रमणका योग छन् । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : आजको दिन धेरे व्यस्तताका साथ वित्नेछ । कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। आज आत्मबलमा अली कमी भएको महसुस गर्नुहुनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन : परिवारमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। कार्यक्षेत्रमा समय अनुसार प्राथमिकतालाई ध्यान दिएर कार्य गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : विचार नगरी वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। भाग्यको साथ मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सचेत रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
सिंह : टाढाका इष्टमित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। चिताएका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
कन्या : व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
तुला : आज कार्यक्षेत्रमा उत्साह र उमंगको सृजना हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको साथ मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ हेको छ।
वृश्चिक : नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
धनु : व्यापार विस्तारको लागि नयाँ विचारहरू आउनेछन्। आर्थिक रूपमा दिन राम्रो रहेको छ। नकारात्मक विचारबाट टाढा रहनुहोस्। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।
मकर : नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय रहेको छ। धार्मिक यात्राबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : आफन्तहरूसंग जमघटमा रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मीन : बाेली र व्यवहारमा सावधानी अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च हुन सक्छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोला। यात्रा अलि कष्टदायक रहनेछ सावधान भएर गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

















तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
भक्तपुर २ मा समानुपातिकतर्फको मतगणना सकियाे
एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया