एमालेको विशेष कार्यक्रम आज गुण्डुमा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा सहभागी हुँदैछन्।
एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रमलाई ओलीले सम्बोधन समेत गर्ने बताइएको छ । कार्यक्रममा महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी हुँदैछन् ।
जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्व प्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।आन्दोलनमा दमनकारी नीति लिएको आरोपमा ओलीलाई पक्राउ गरी कारबाही गर्न युवाहरुले प्रहरीमा उजुरी समेत दिएका छन् ।
उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नसमेत युवाहरुले दबाब दिँदै आएका छन् । जेनजी युवा आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।
समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिती र नेता कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्नेछन्।यो अवस्थामा ओली आज सहभागी हुने कार्यक्रम र उनले गर्ने भनिएको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया