पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने

काठमाडौँ। पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो ।
गत भाद्र ६ मा पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६८५ बिरामी भएका छन् । “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२”का बारेमा आज आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले यही २०८२ असोज–कात्तिक महिनामा खोप अभियान सञ्चालन हुने जानकारी गराए ।
सो अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि सुरु भई तिहारअघि सम्पन्न गर्ने महाशाखाको योजना छ । सो खोप अभियानकालागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरेको जनाएको छ ।
निर्देशक लालकाअनुसार यस अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइने छ । प्रतिकार्य स्वरुप सञ्चालन गरिन लागेको हैजा विरुद्धको खोप यस अभियानमा एक पटक दिइनेछ । यो खोप मुखबाट खुवाइने खोप हो र यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्दछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया