साओमीको ‘महा फेस्टिभल’ : रेड्मी नोट १४ सिरिजमा छुट

काठमाडौं । साओमी नेपालले रेड्मी नोट १४मा भारी मूल्य छुट दिएको छ । दसैँ–तिहारको अवसर पारेर सुरु गरिएको ‘साओमी महा फेस्टिभल’ अभियानअन्तर्गत ग्राहकलाई मनपर्ने रेड्मी नोट १४ स्मार्टफोन आकर्षक मूल्यमा खरिद गर्ने अवसर प्रदान गरेको हो ।
“रेड्मी नोट १४ सिरिज हाम्रो वाचाअनुसार सबैका लागि सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने प्रयास हो । यसले फ्ल्यागसिपस्तरको डिजाइन र उत्कृष्ट प्रदर्शन सहजै उपलब्ध गराउनेछ,” साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामीले हाम्रा ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य राखेका छौँ, जसले गर्दा सबैले आधुनिक प्रविधिको अनुभव लिन सकुन् ।”
कम्पनीका अनुसार रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य २०८२ असोज ७ गतेदेखि लागु भएको छ । नयाँ मूल्यअनुसार रेड्मी नोट १४ (६ जिबी+१२८ जिबी) मोडलको मूल्य २४ हजार ९९९ बाट घटेर २३ हजार ९९९ भएको छ । ८ जिबी+२५६ जिबी भेरियन्टको मूल्य २७ हजार ९९९ बाट घटेर २६ हजार ९९९ कायम गरिएको छ ।
रेड्मी नोट १४ (५जी) को ८ जिबी+२५६ जिबी मोडल अब २९ हजार ९९९ र १२ जिबी+५१२ जिबी मोडल ३४ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले रेड्मी नोट १४ सिरिजलाई आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका कारण प्रयोगकर्ताबीच लोकप्रिय रहेको बताएको छ ।
नयाँ मूल्य लागु भएपछि यो सिरिज नेपालभरका सबै साओमीका अधिकृत विक्रेता, खुद्रा पसल र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध हुनेछ ।
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया