‘जेरी अन टप’को ट्रेलर सार्वजनिक
काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
समाराेहमा चलचित्रका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति रहेको थियो । चलचित्रका मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन् । अनमोल, आँचल र जसितालगायत भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गीलगायतका कलाकार पनि ट्रेलरमा देखिएका छन् ।
एडभेन्चर लभस्टोरी ‘जेरी अन टप’ सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित छ। ३ मिनेट ३९ सेकेन्ड अवधिको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेकाे छ ।
यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको भने विश्वास तिम्सिनाको पटकथा छ ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्, भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन् ।
















दुई फर्मलाई विभागद्वारा जरिवाना
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
ट्रम्पको जमिनमा एक व्यक्तिको जबरजस्ती प्रवेश, सुरक्षाकर्मीले हाने गोली
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया