टी–२० विश्वकप छनोट
युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार ओमानको अल अमेरतमा हुने खेलका निम्ति भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय गर्दै यूएईलाई फिल्डिङको निम्तो दिएका हुन् ।
नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।
युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।
विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
नेपालकाे प्लेइङ-११ : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।

















उसु टोली चीन जाने
आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया