इजरायल र प्यालेस्टाइनबीच युद्धबारे छलफल

काठमाडौं । इजरायल र प्यालेस्टाईनबीचको युद्धबारे राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा छलफल हुने भएको छ । आज शुक्रबार द्वन्द्व सकिने संकेत नदेखिएपछि छलफलका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको बीबीसीले जनाएको छ ।
छलफलको लागि बोलाइएपनि इजरायलले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएपछि प्यालेस्टाईनसँग स्थल युद्ध हुनसक्ने खतरा बढेको छ । पछिल्लो पटक भड्कीएको हिंसामा हालसम्म हवाई आक्रमण÷ प्रत्याक्रमण जारी राखेका दुई मुलुकबीच स्थल युद्ध समेत हुनसक्ने खतरा बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार गाजासँग सीमा जोडिएको क्षेत्रमा इजरायलले बख्तरबन्द तथा ठूलो संख्यामा सैनिकलाई तैनाथ राखेको छ । दुई वटा गस्ती युनिट र एउटा सशस्त्र युनिट स्थापना गरिएको छ भने ७ हजार अतिरिक्त सेना तयार पारेको छ ।
प्यालेस्टिनी लडाकुले इजरेलतर्फ रकेट आक्रमण गर्ने र इजरेली सेनाले हवाई आक्रमण गर्ने क्रम विहीबार पनि जारी रह्यो । सो क्रममा गाजा क्षेत्रमा १ सय र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ ।
इजरायल र प्यालेटाइनबीच पूर्वी जेरुसेलमस्थित मुस्लिम र यहुदी धर्मावलम्बीको धार्मिक स्थलमा भएको झगडाका कारण पछिल्लो तनाव सुरु भएको हो ।











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया