इजरायल र प्यालेस्टाइनबीच युद्धबारे छलफल

काठमाडौं । इजरायल र प्यालेस्टाईनबीचको युद्धबारे राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा छलफल हुने भएको छ । आज शुक्रबार द्वन्द्व सकिने संकेत नदेखिएपछि छलफलका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको बीबीसीले जनाएको छ ।
छलफलको लागि बोलाइएपनि इजरायलले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएपछि प्यालेस्टाईनसँग स्थल युद्ध हुनसक्ने खतरा बढेको छ । पछिल्लो पटक भड्कीएको हिंसामा हालसम्म हवाई आक्रमण÷ प्रत्याक्रमण जारी राखेका दुई मुलुकबीच स्थल युद्ध समेत हुनसक्ने खतरा बढ्दै गएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार गाजासँग सीमा जोडिएको क्षेत्रमा इजरायलले बख्तरबन्द तथा ठूलो संख्यामा सैनिकलाई तैनाथ राखेको छ । दुई वटा गस्ती युनिट र एउटा सशस्त्र युनिट स्थापना गरिएको छ भने ७ हजार अतिरिक्त सेना तयार पारेको छ ।
प्यालेस्टिनी लडाकुले इजरेलतर्फ रकेट आक्रमण गर्ने र इजरेली सेनाले हवाई आक्रमण गर्ने क्रम विहीबार पनि जारी रह्यो । सो क्रममा गाजा क्षेत्रमा १ सय र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ ।
इजरायल र प्यालेटाइनबीच पूर्वी जेरुसेलमस्थित मुस्लिम र यहुदी धर्मावलम्बीको धार्मिक स्थलमा भएको झगडाका कारण पछिल्लो तनाव सुरु भएको हो ।
















ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
दमौलीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ
प्रतिक्रिया