एमाले महाधिवेशन मङ्सिर २७ गतेदेखि पोखरामा आयोजना गर्ने ओलीकाे प्रस्ताव

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरू भएको पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकको बहस नोट कमिटीको संयोजकमा सूर्य थापालाई चयन गरेको छ । कमिटीको सदस्यमा विष्णु रिजाल र नीरज आचार्य तथा बैठकको समसामयिक प्रस्ताव लेखनको संयोजकमा उपमहासचिव प्रदीप ज्ञवाली र सदस्यमा राजेन्द्र गौतम र महेश बर्तौला रहनुभएको छ ।
पार्टी अध्यक्ष ओलीले राजीनितक प्रतिवेदनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र वर्तमान सरकारका बारेमा प्रस्तुतीकरण गर्नुभयो । प्रतिवेदनमा गणतन्त्र, संविधानमा एकताबद्ध र रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।
अध्यक्ष ओलीको प्रतिवेदनपछि आजै नै प्रदेशगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ । केन्द्रीय सदस्यहरूलाई वर्णाक्रमनुसार आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।
















लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
Election as per NCP’s demand: Coordinator Dahal
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया