सशस्त्र प्रहरीमा एकैपटक १ सय ६८ जना भन्दा बढी अधिकृतको कमाण्ड जिम्मेवारी बदली

काठमाडाै ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरको कमाण्ड जिम्मवारी बदली गरेको छ । जसमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ जनाको बदली गरिएको छ ।
मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरुको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरुलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस बाहेक बिगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरुलाइ कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ ।
बर्तमान अबस्थामा राजश्व संकलनलाइ बिशेष जोड दिदै सोही कार्यमा बिगतका ट्र्याक रेकर्ड अनुसार अधिकृत हरुलाइ जिम्मेवारी दिने निती संगठनको रहेको छ । यसै गरि लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरुमा खटाइएको छ ।
अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउँने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्र भन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ । मुख्यालयले आफुलाई तोकिएको जिम्मेवारी पुरा नगर्ने तथा आचरण विपरितको कार्यमा संलग्न अधिकृतलाई कमाण्ड जिम्मेवारीबाट समेत हटाउँदै आएको छ ।
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया