जनकपुरमा गोली चल्यो

धनुषा । जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर भएको छ।
बिलबिजकबिना सुनचाँदी खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले सो क्षेत्रका केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले अवरोध गरेपछि परिस्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीका डीएसपी गणेश बमले जानकारी दिए।
उनका अनुसार अवैध रूपमा सञ्चालित सुनचाँदी कारोबारको निगरानी गर्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोधपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका थिए।
घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया