एनपिएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा
मेरोन्यूज
२०८२ कार्तिक १ गते २०:५६

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।
जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो ।
सम्बन्धित












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया