माधव नेपालले धोका दिएकै भन्न चाहन्न, फेरि एक ठाउँमा हाम्रो भेट हुन्छ : प्रचण्ड (भिडियाे)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुलाई धोका दिएको अहिल्यै भन्न नमिल्ने बताएका छन् ।
संघीय संसद् सचिवालयमा आज कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाएपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, लोकतन्त्र र सत्यको पक्षमा संघर्ष गर्दा फेरि पनि नेपालसँग भेट हुने बताए ।
‘म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न, अहिले भर्खरै पनि माधवकुमार नेपालसँग मेरो भेट भएको छ । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान्, उहाँहरु आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै हुनु भएको हुँदा अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने मलाई लागेको छ’, उनले भने, ‘म आशा गर्छु की उहाँहरु सत्य, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’
संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध आफूहरुको संघर्ष जारी रहने पनि उनले बताए । संवैधानिक ढंगबाट घोषणा हुने कुनै पनि निर्वाचन माओवादीका लागि स्वीर्काय रहेको र संविधान विरोधी ढंगले हुने निर्वाचनको मात्र आफूहरुको विरोध गर्ने उनको भनाइ थियो ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया