शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकताः संयोजक दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उनले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख गरे। ‘आमनिर्वाचनपछि राष्ट्रिय सहमतिमा अग्रगामी रूपान्तरणका लागि संविधान संशोधन गर्दै सामाजिक न्याय र सुशासनको नयाँ अध्याय प्रारम्भ गर्न सकिने हाम्रो विश्वास छ‘, संयोजक दाहालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
उनले शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्। मौलिक सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व र भावनात्मक एकता जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएको जनाउँदै संयोजक दाहालले यी पर्वहरूले सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन प्रेरणा प्रदान गर्दै आएका बताएका छन्।
संयोजक दाहालले चाडपर्वले सबैमा आशा र आत्मबलको नयाँ ऊर्जा जगाई राष्ट्रिय एकता र अग्रगमनका पक्षमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया