‘जेरी अन टप’लाई दर्शकको साथ

काठमाडौँ । तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’का अनुसार उक्त चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजारको व्यापार गरेको छ ।
उक्त चलचित्रका अभिनेता अनमोल केसीले ‘जेरी अन टप’ले प्रदर्शनको पहिलो दिन असोज ३१ गते रु ७२ लाख ५९ हजार, दोस्रो दिन रु ८६ लाख ३८ हजार तथा तेस्रो दिन ६३ लाख ८४ हजारको व्यापार भएको जानकारी दिए ।
प्रदर्शन भएदेखि नै चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेका अभिनेता केसीले झन्डै डेढ वर्ष समय दिएर तयार गरेको सो चलचित्रले दर्शकको अपेक्षा पूरा गर्दा मेहनतको फल पाएको आभाष भएको प्रतिक्रिया दिए ।
“मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको महसुस गरेको छु । चलचित्रले सगरमाथाको कथासँग जोडेर त्रिकोणात्मक प्रेम देखाएको छ । हामी दर्शकप्रति आभारी छौँ”, अभिनेता केसीले भने ।
तीन दिनमा ६० हजारभन्दा बढी दर्शकले उक्त चलचित्र अवलोकन गरेका थिए । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गरेका हुन् ।
निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायाङ्कन गरेको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।










संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै कामपा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया