विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं। गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । थेबेले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।उनी गुण्डा नाइके चक्रे मिलन समूहका रहेको बताइएको छ। गुण्डागर्दीमा सलंग्न थेबे पटके हुन् । व्यवसायीका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेबेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता उठाउँथे ।
गुण्डागर्दी, मिटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा (एमाले)का नेताले नपक्रिन भन्दै दबाब दिएका थिए ।
प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे)लाई पक्राउ गरेको थियो ।
प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरूको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।
उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रममा युवा भेला पारेर उनले लैजाने गरेका थिए ।
थेबै तिनै हुन्, जो प्रहरीले निकाल्ने अभियुक्तको सूचीमा परिरहन्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिन सक्ने १३१ गुण्डाको सूचीमा पनि उनी थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसअघि महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा उनी पनि थिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया