गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ)। गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो ।
४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ । तर एउटा पनि फेला परेको छैन । पार्कीङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधान चोरी हुने सङ्ख्या बढ्दो छ । विसं २०८१ माघ ११ गते कुश्मा नगरपालिका ५ पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका ३ गुठीको एक घरमा पार्किङ गरिएको स्थानबाट चोरी भएको थियो । सुजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै खोजतलासका लागि उजुरी दिएको भए पनि हालसम्म भेटिएको छैन ।
त्यसैगरी बागलुङकै साजन आचार्यको मोटरसाइकल बागलुङ कालिका मन्दिरको पार्कीङ स्थलबाटै मोटरसाइकल चोरी भयो । नवदुर्गाको समयममा कालिका मन्दिरमा पुजा गर्न पुगेका आचार्यको मोटरसाइकल चोरी हुँदै गरेको दृष्य सिसिटिभी क्यामेरामा कैद भएको छ । साजनले जिल्ला प्रहरी कार्यालय बागलुङमा मोटरसाइकल चोरी भएको भन्दै सिसीटिभी फुटेज सहित उजुरी दिएका छन् । तर, हालसम्म मोटरसाइकल भेट्टिएको छैन ।
गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र त्यसपछि सवारी हराउनेको शीर्ष स्थानमा बागलुङ रहेको छ । गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ वटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चारपाङ्ग्रे र १४ वटा दुइपाङ्ग्रे गरी १५ वटा फेला परे ।
२७ वटा दुइपाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन । फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी नवलपुरबाट १६ वटा दुइपाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो ।
जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन् । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको छ । गत आर्थिक वर्षमा बागलुङबाट १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरि ३ वटा दुइपाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । त्यसैगरी गत आर्थिक वर्षमा तनहुँमा २ वटा दुइपाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् ।
गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेट्टिएको छैन । हराएको सवारीको तुलनामा भेट्टिनको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भेट्टिएका सवारी व्यवारिसे अवस्थामा फेला परेका थिए । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन । सवारी साधन हराएको वा चोरी भएको जानकारी प्राप्त भएपछि संवेदनशिल भएर सवारीसँगै चोरी गर्ने व्यक्तिको खोजी गर्ने गरेको उनले बताए ।
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
प्रतिक्रिया