हमास र फताहबीच कायरोमा वार्ता सुरू, गाजा युद्धविरामको नयाँ कदम

अमेरिका समर्थित गाजा युद्धविराम योजनाको दोस्रो चरणबारे छलफल गर्न हमास र उसको लामो समयदेखिको प्रतिद्वन्द्वी फताहका प्रतिनिधिहरू बिहीबार कायरोमा भेला भएका छन्। नाम नखुलाउने सर्तमा स्रोतले भन्यो, “बैठकमा वर्तमान अवस्था र गाजामा प्रस्तावित युद्धविरामको दोस्रो चरणसँग सम्बन्धित मुद्दाहरूमा छलफल भएको थियो।” उनले भने, “दुवै पक्ष आगामी अवधिमा बैठकहरू जारी राख्न र इजरायली सरकारले खडा गरेको चुनौतीहरूको सामना गर्दै प्यालेस्टाइनको आन्तरिक मोर्चा व्यवस्थित गर्न सहमत भएका छन्।”
इजिप्टको राज्य सम्बद्ध अल–काहेरा न्यूजका अनुसार वार्तामा ‘सामान्य रूपमा राष्ट्रिय परिदृश्य र गाजा पट्टीमा युद्ध समाप्त भएपछिको व्यवस्था’ बारे छलफल भएको थियो। हमास र फताहबीच गहिरो राजनीतिक प्रतिद्वन्द्विताको इतिहास छ । उनीहरूबचि सन् २००६ को चुनावपछि केही समय लडाइँसमेत भएको थियो ।
यसले प्यालेस्टिनी राष्ट्रिय एकताको प्रयासमा बाधा पुर्याएको थियो। इजरायल–प्यालेस्टाइन द्वन्द्वमा लामो समयदेखि मध्यस्थकर्ता रहेको इजिप्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको दीर्घकालीन युद्धविराम योजनामा सहमति निर्माण गर्ने व्यापक प्रयासको एक भागको रूपमा बैठकहरूको आयोजना गरेको होे। हमास–फताह वार्तासँगै इजिप्टका गुप्तचर प्रमुख हसन राशदले प्यालेस्टिनी प्रमुख समूहका वरिष्ठ अधिकारीहरूसँग भेट गरेका थिए। यसमा हमासको सहयोगी इस्लामिक जिहाद, प्यालेस्टाइन मुक्ति सङ्गठन (पिएलओ) भित्रका दुवै गुट इस्लामिक जिहाद, प्यालेस्टाइन मुक्ति मोर्चाका लागि डेमोक्रेटिक फ्रन्ट र प्यालेस्टाइन मुक्तिका लागि पपुलर फ्रन्ट समावेश थिए।
अल–काहेरा न्युजका अनुसार यो वार्ता ‘गाजामा अमेरिकी राष्ट्रपतिको युद्धविराम योजनाको कार्यान्वयनका लागि प्यालेस्टिनी राष्ट्रिय सहमति हासिल गर्ने’ इजिप्टको प्रयासको एक हिस्सा हो । शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियोले बिहीबार इजरायलको भ्रमण गरेका बेला यो बैठक भएको छ र यसले कमजोर भनिएको गाजा युद्धविरामलाई बलियो बनाउने लक्ष्यका साथ वाशिङ्गटनका अधिकारीहरूको भ्रमणको श्रृङ्खलाको पछिल्लो दृश्य होे। ट्रम्पको २० बुँदे शान्ति योजना अन्तर्गत, अरब र मुस्लिम सहयोगीहरूबाट तानिएको अन्तर्राष्ट्रिय सुरक्षा बलले इजरायली सेना फिर्ता भएपछि गाजालाई स्थिर बनाउनेछ भने यसपछि गठन हुने एक सङ्क्रमणकालीन प्राधिकरणले हमास नियन्त्रित यस क्षेत्रको प्रशासन सम्हाल्नेछ।
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया