अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।














कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया