निर्वाचनबाट पछि हट्दैनाैं, पछिल्लो जटिल परिस्थितिको निकास यसैबाट हुने हाे : प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए।
केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भने,’हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन। निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ । पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ।’
‘जेनजी’ प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उनको भनाइ थियो । पछिल्लो समय निर्वाचनको वातावरण बन्दै गएको र अन्य दल पनि निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताए।
कुनै पनि बहानामा फेरि अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सबैको रहेको भन्दै उहाँले त्यसका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखे। संयोजक दाहालले ‘जेनजी’ पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको पनि उल्लेख गरे।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया