तीन महिनामा ३०८ वटा हिंसाका घटना

काठमाडौँ । महिला पुनस्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ ।
कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट सङ्कलन गरिएको हो । यस तथ्याङ्कअनुसार कूल ३०८ वटा लैङ्गिक हिंसा घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन् ।
हत्याका घटना र प्रभावितको उमेरलाई हेर्दा सबैभन्दा बढी २९ प्रतिशत (छ जना) १८ देखि २५ वर्ष, हत्या हुनेमा २६ देखि ३५ वर्षका २४ प्रतिशत, १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका रहेका छन् । ओरेकले महिलाको हत्यामा संलग्न पीडकलाई हेर्दा श्रीमान् र परिवारका सदस्यको संलग्नता नै बढी रहेको पाइएको जनाएको छ । जसमा ४३ प्रतिशत महिला (नौ जना) को हत्या श्रीमान्बाट र २४ प्रतिशत महिला (पाँच जना) को हत्या परिवारका सदस्यबाट भएको पाइएको छ ।
यसैगरी, १० प्रतिशत महिलाको छिमेकीबाट, पाँच प्रतिशतको आत्मीय साथीबाट महिलाको हत्या भएको छ भने १४ प्रतिशत हत्या पूर्वपतिबाट भएको जनाइएको छ ।
हत्या प्रभावित र वैवाहिक अवस्थालाई हेर्दा सबैभन्दा बढी ८२ प्रतिशत (१७ जना) विवाहित महिला, १० प्रतिशत (दुई जना) हत्या हुनेमा अविवाहित महिला र नौ प्रतिशतको अवस्था खुलेको छैन ।
नेपाल प्रहरीको २०८१/०८२ को तथ्याङ्क अनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या, घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको देखिएको पनि जनाइएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया