तीन महिनामा ३०८ वटा हिंसाका घटना

काठमाडौँ । महिला पुनस्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ ।
कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट सङ्कलन गरिएको हो । यस तथ्याङ्कअनुसार कूल ३०८ वटा लैङ्गिक हिंसा घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन् ।
हत्याका घटना र प्रभावितको उमेरलाई हेर्दा सबैभन्दा बढी २९ प्रतिशत (छ जना) १८ देखि २५ वर्ष, हत्या हुनेमा २६ देखि ३५ वर्षका २४ प्रतिशत, १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका रहेका छन् । ओरेकले महिलाको हत्यामा संलग्न पीडकलाई हेर्दा श्रीमान् र परिवारका सदस्यको संलग्नता नै बढी रहेको पाइएको जनाएको छ । जसमा ४३ प्रतिशत महिला (नौ जना) को हत्या श्रीमान्बाट र २४ प्रतिशत महिला (पाँच जना) को हत्या परिवारका सदस्यबाट भएको पाइएको छ ।
यसैगरी, १० प्रतिशत महिलाको छिमेकीबाट, पाँच प्रतिशतको आत्मीय साथीबाट महिलाको हत्या भएको छ भने १४ प्रतिशत हत्या पूर्वपतिबाट भएको जनाइएको छ ।
हत्या प्रभावित र वैवाहिक अवस्थालाई हेर्दा सबैभन्दा बढी ८२ प्रतिशत (१७ जना) विवाहित महिला, १० प्रतिशत (दुई जना) हत्या हुनेमा अविवाहित महिला र नौ प्रतिशतको अवस्था खुलेको छैन ।
नेपाल प्रहरीको २०८१/०८२ को तथ्याङ्क अनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या, घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको देखिएको पनि जनाइएको छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया