आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज अमेरिकासँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।
लिग-२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो।
दुई साताअघि टी-२० मा सानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको नेपालको एकदिवसीयमा भने कमजोर देखिएको छ।
जारी सिरिजको दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित भएको थियो।
नेपालले आज खेल्न लागेको तेस्रो खेल हो। ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।
नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया