आज प्रधानमन्त्री कार्की द्वारा सात प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान
मेरोन्यूज
२०८२ कार्तिक १५ गते १९:५९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेकी हुन् ।
सम्बन्धित










एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया