धादिङमा १५ दिन निषेधाज्ञा थपियो

काठमाडौं । धादिङमा जारी निषेधाज्ञा जेठ १५ गते सम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालयले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि २१ बैशाख गतेदेखि लागु गरिएको निषेधाज्ञा जेठ १५ गते राति १२ बजे सम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिभर खाद्य सामग्री पसल बिहान ६ बजेदेखी ९ बजेसम्म खुल्नेछन् । साथै औषधी पसल लगाएतको अत्यावश्यकीय पसलहरु जुनसुकै बेला संचालन गर्न पाईने छ । यसैगरी निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी र भेलामा रोक लगाइएको छ । सपिङ मल, सिनेमा हल, जिमखाना,सैलुन र व्युटीपार्लर जस्ता भिडभाड हुने व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
यस अवधिमा सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका साथै अन्य अत्यावश्यक सेवाका कार्यालय सञ्चालन हुनेछन् । ती कार्यालयका कर्मचारीले परिचपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । यस्तै निषेधाज्ञाको समयमा विवाह ब्रतबन्ध र मृत्यु संस्कारमा सहभागी हुन पनि रोक लगाइएको छैन । स्वास्थ्य मापदण्ड पालना गरी ती कार्यमा १५ जनासम्म सहभागी हुन प्रशाशनले आग्रह गरेको छ ।


















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया