राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई
मेरोन्यूज
२०८२ कार्तिक १७ गते ११:५६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति पौडेल यही कात्तिक १७ देखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गरेका हुन्।
सम्बन्धित















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया