नयाँ अन्तरिम सरकार गठन गरिनुपर्छ : एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेनजीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । “संविधानको रक्षा गर्दै देशलाई अघि बढउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ ।”
उनले संविधान गतिशील दस्तावेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए।
उनले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया