झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत
झापा। शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो ।
२३औँ मिनेटमा सेनु परियारले सङ्कटाका लागि पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले अर्को गोल गर्दै सङ्कटाको अग्रता बढाएकी थिइन् । यसैगरी, ५५औँ मिनेटमा भुटानबाट अनुबन्धित छिरिङ वाङ्देनले तेस्रो गोल र ६१औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल गर्दै झापा एफसीसँगको गोलअन्तर ४–० बनाएकी थिइन् ।
८३औँ मिनेटमा रेनिसा शर्माले पाँचौँ गोल थपिन् भने अरुणा स्याङ्तेनले खेलको अन्तिम समयतिर अर्को गोल थपेर सङ्कटाको जीत ६–० मा पक्का गरिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् ।
झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले रणनीतिअनुसार नै खेलमा जित निकालेको बताउनुभयो । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु. पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । भोलि बिहीबार हुने अन्तिम क्वाटर फाइनल खेलमा आरएस पोखरा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

















सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया