सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

दमौली (तनहुँ)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपार्इँहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”
साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे । दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो ।
उनले भने, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”
संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए ।
















Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण
नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया