सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ‘एस २५ एफई’

काठमाडौं । सामसङले स्मार्टफोन ग्यालेक्सी ‘एस-२५ एफई'(फ्यान एडिसन) सार्वजनिक गरेको छ।
युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तर्क्रियामार्फत् सहज र स्मार्ट प्रयोग अनुभव प्रदान गर्ने दाबी सामसङको छ।
यसमा रियल–टाइम भर्चुअल सहायताका लागि ‘जेमिनी लाइभ’, व्यक्तिगत अपडेटका लागि ‘नाउ बार’ र ‘नाउ ब्रीफ’, तथा अन–स्क्रिन जवाफका लागि ‘सर्कल टु सर्च’ जस्ता फिचरहरू समावेश छन्।
फोनमा एआई–सञ्चालित प्रोभिजुअल इन्जिन, अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा, र सुपर एचडीआरमार्फत् अझ स्पष्ट रङ र फोटो/भिडिओ गुणस्तर प्रदान गर्ने सुविधा रहेको छ।
साथै, जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजर जस्ता फिचरहरूले फोटो तथा भिडियो एडिटिङलाई अझ सहज र व्यवसायिक बनाएको कम्पनीको भनाइ छ।
सामसुङ ग्यालेक्सी ‘एस२५ एफई’मा ४,९०० एमएएचको ब्याट्री रहेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध ग्यालेक्सी एस२५ एफईको मूल्य ९९ हजार ९९९ निर्धारण गरिएको छ।
ग्राहकले सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज)मार्फत् शून्य प्रतिशत ब्याजदर र ईएमआई योजनामा ग्यालेक्सी एस२५ एफई खरिद गर्न सक्ने कम्पनीले बताएको छ।















प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया