आइतबार, चैत १, २०८२

मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

मेरोन्यूज २०८२ कार्तिक २२ गते ६:५३

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको काठमाडौँ मेडिकल कलेज (केएमसी)मा मृत्युु भएको छ ।

उनकाे गयराति २ बजेर ५८ मिनेटमा निधन भएको जनाइएकाे छ ।उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

प्रतिक्रिया