शनिबार, वैशाख १२, २०८३

हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

मेरोन्यूज २०८२ कार्तिक २३ गते १७:४९

काठमाडाैं । हुन्डाइ नेपालले ‘अपग्रेड टु द पर्फेक्ट इभि’ भन्ने नयाँ अभियान सुरू गरेको छ। जसअन्तर्गत् ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाइ क्रेटा इभि घर लैजान सक्ने अवसर पाउँछन्।

Advertisement
NiccNicc

यो अफर शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूमहरूमा लागू भएको छ। हुन्डाइ क्रेटा इभिमा हुन्डाइको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ। जसले विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहनेका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ।

प्रत्येक खरिदसँगै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छ, जसले ग्राहकलाई निश्चिन्तता प्रदान गर्छ।

यस अफर अन्तर्गत ग्राहकहरूले एक लाख रूपैयाँसम्मको एक्सचेञ्ज बोनस ७५ हजारको विशेष छुट र २५ हजारको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन्।

साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्सुरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ। जसले हुन्डाइ क्रेटा इभि
खरिदलाई अझ सुविधाजनक बनाउँछ।

हुन्डाइ क्रेटा इभिले एकपटक चार्जमा ३९० किलोमिटर ड्राइभिङ रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ। जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ।

यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका सबैका लागि एक उत्कृष्ट अवसर प्रदान गर्दछ।

प्रतिक्रिया