मंगलबार, मंसिर ९, २०८२

प्रिमियम क्रिएटिभिटी र प्रोडक्टिभिटीका लागि सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस११

मेरोन्यूज २०८२ कार्तिक २३ गते १७:५३

काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी एआई र वान यू–आई ८ द्वारा संचालित, ट्याब एस११ ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिन्छ।

यो ट्याब अहिले १ लाख २९ हजार ९९९ रुपैयाँ (१२GB/२५६GB) मा उपलब्ध छ। सहज क्रिएटिभिटी र प्रोडकटिभिटीका लागि डिजाइन गरिएको ट्याब एस११ मा वान यू–आई ८ भित्र नै बहुआयामिक ग्यालेक्सी एआई क्षमता निर्मित गरिएको छ, जसले लेख्ने, कोर्ने, मल्टिटास्क गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यहरूलाई अझ सहज र प्राकृतिक बनाउँछ। रियल–टाइम स्क्रिन शेयरिङ, ड्रइङ असिस्ट, राइटिङ असिस्ट र सर्कल टु सर्च जस्ता उपकरणहरूले प्रयोगकर्तालाई बिना सम्झौता काम, अध्ययन र आत्म–अभिव्यक्तिमा सशक्त बनाउँछन्।

ग्यालेक्सी ट्याब एस११ मा ११.० इन्चको उच्च–डेफिनिशन डायनामिक डिस्प्ले र अत्याधुनिक ३ न्यानोमिटर प्रोसेसर रहेको छ, जसले स्मूथ परफर्मेन्स, ऊर्जा दक्षता र प्रोफेशनल–ग्रेड भिजुअल प्रदान गर्छ। यसको अल्ट्रा–स्लिम, हल्का तौलको डिजाइन र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमता यात्रामा समेत मल्टिटास्किङका लागि आदर्श उपकरण बनेको छ।

थप प्रोडकटिभिटी सुधारहरूमा नयाँ सामसुङ डेक्स एक्स्टेन्डेड मोड पनि समावेश छ, जसले ट्याब एस११ र बाह्य मोनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्छ। साथै, यसमा बहुविध कस्टमाइज गर्न सकिने कार्यक्षेत्रहरूको समर्थन पनि छ। गुड नोट्स, क्लिप स्टुडियो पेन्ट, लुमा फ्युजन र नोशन जस्ता लोकप्रिय क्रिएटिभ र प्रोडकटिभ एपहरूसँगको अनुकूलताले ट्याब एस११ लाई सिर्जनाकर्मी, पेशेवर र विद्यार्थीहरूका लागि बहुपयोगी साथी बनाउँछ।

सामसङ नेपालका एम एक्स डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् ‘ग्यालेक्सी ट्याब एस११ मार्फत हामी नेपालका युवा पेशेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्दैछौं। यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्ति गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको हो।’

ग्यालेक्सी ट्याब एस११ अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा संचालित सामसुङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया