राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १८:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
आज यहाँ आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमालेले सही बाटोमा ल्याउने काम गरेको उल्लेख गरे।
नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उनले बताए। मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई नेकपा एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको स्मरण उनले गराए।
एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी, राष्ट्रवादी शक्ति एमालेमा एकत्रित हुन जरुरी भएको महासचिव पोखरेलको भनाइ थियो ।
सम्बन्धित















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया