आईजीपी खापुङलाई गृहमन्त्रीले गरे बिदाइ
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १५:३९

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबारबाट सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई गरेका छन् ।
बिहीबारदेखि अनिवार्य अवकासमा जान लागेका आईजीपी खापुङलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
१९ भदौमा खापुङ आईजीपी बनेका थए । उनी ६९ दिन प्रहरी नेतृत्वमा रहे । बुधबार साँझ नै प्रहरी प्रधान कार्यालयले खापुङलाई बिदाइ गर्दैछ ।
खापुङ अवकासमा जाने भएपछि सरकारले वरिष्ठ एआईजी दानबहादुर कार्कीलाई आईजीपी नियुक्त गरिसकेको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया