अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु

लेबनान । अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा दुई हप्ताको अस्थायी युद्धविराम सम्झौतापछी लेबनानमा आक्रमण रोकिने अपेक्षा बिपरित इजरायलले आक्रमण बढाउँदा एकै दिन ३०० बढी लेबनानी नागरिकको ज्यान गएको छ । यो सँगै अन्तराष्ट्रिय जतमा इजरायको कडा आलोना भएको छ ।
इजरायली वायुसेनाले बिहीबार लेबनानका विभिन्न भागहरूमा ‘अपरेशन इटरनल डार्कनेस’ अन्तर्गत हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। बेरुत र दक्षिणी लेबनानलाई निशाना बनाएर गरिएको यस आक्रमणमा ३०० बढीको ज्यान गएको छ ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार हिजोको आक्रमणमा परी कम्तीमा ३०० जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन्। इजरायली लडाकु विमानहरूले १० मिनेटको छोटो अन्तरालमा लेबनानभरि १०० भन्दा बढी स्थानमा बमबारी गरेका थिए। बेरुतका घना बस्ती भएका आवासीय क्षेत्रहरूमा भारी विस्फोटक पदार्थ प्रयोग गरिएको छ, जसका कारण कैयौं भवनहरू भग्नावशेषमा परिणत भएका छन्।
यस आक्रमणमा हिजबुल्लाहका एक उच्च कमाण्डर अली युसुफ हर्शी मारिएको इजरायली रक्षा बलले दाबी गरेको छ।आक्रमणमा इजरायलले रणनीतिक रूपमा लेबनानको यातायात सञ्जाललाई लक्षित गरेको छ। लिटानी नदीमा रहेका प्रमुख पुलहरू र क्रसिङहरू ध्वस्त पारिएका छन् ।
यसले गर्दा दक्षिणी लेबनानको टायरलगायतका क्षेत्रहरू देशको अन्य भागबाट पूर्ण रूपमा सम्पर्कविच्छेद भएका छन्। झन्डै १ लाख ५० हजार मानिसहरू प्रभावित भएका छन् र ती क्षेत्रमा खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्रीको आपूर्ति ठप्प भएको छ।
पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको दुई हप्ताको युद्धविराम सम्झौता लेबनानको हकमा पनि लागु हुने अपेक्षा गरिएको थियो । इरान र मध्यस्तकर्ता पाकिस्तानले सम्झौतामा लेबनानमा पनि लागु हुने उल्लेख गरेपनि अमेरिका र इजरायलले त्यसलाई अस्विकार गर्दे आएका छन् । यसले अमेरिका र इरानबीचको जारी युद्धविराम र वार्तालाईनै गम्भिर मोडमा पुराएको छ ।

यसैबीच, इरानले इजरायली कदमको कडा विरोध गर्दै हर्मुज जलडमरू पुनः बन्द गरेको घोषणा गरेको छ। यसले विश्व बजारमा तेलको मूल्य र आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गर्ने देखिएको छ। बेलायत, फ्रान्स र युरोपेली संघले लेबनानमा भइरहेको यो हिंसाको निन्दा गर्दै तत्काल शान्ति बहालीका लागि दबाब दिएका छन्।
लेबनानमा बढ्दो हिंसा र विस्थापनले एउटा ठूलो मानवीय संकट निम्त्याएको छ, जसका कारण हजारौँ परिवारहरू सुरक्षित स्थानको खोजीमा भाग्न बाध्य भएका छन्।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया