पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने : महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्र्दशमा आयोजित भेटघाट कार्यक्रममा उहाँले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन्।
महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताउनुभयो । “कसलाई काँहा र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर महाधिवेशन अगाडि नै टुङ्गो लगाइने छ,” उहाँले भन्नुभयो, “विगतको जिम्मेवारी हेरेर कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे छलफल गछौँ ।”
पार्टीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिमा जिम्मेवारी दिने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।










एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया