रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मेरोन्यूज
२०८२ कार्तिक २७ गते १९:१२

काठमाडौँ। आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ।’ गाएर चर्चामा आएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय ज्योतिषीको समेत परिचय बनाएका पौडेलले लामो समयपछि गीत गाएका हुन् । उनको अन्य कमेडी गीतहरु कसैलाई नभन्नु ल, डाक्टर साब भिटामिन लेख्दिनु न, तितेपाती तितेपाती झ्याप झ्याप जस्ता स्रोतामाझ लोकप्रिय छन् ।
‘बुढाबुढी’ गीतको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन् । म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गरेका छन् ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया