मंगलबार, फागुन १९, २०८२

मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मेरोन्यूज २०८२ कार्तिक २७ गते १८:५५

काठमाडाैं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध विभिन्न ७ दलले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार दर्ता भएको प्रस्तावमा सभामुख मण्डलले संसदीय मर्यादा विपरीत एकतर्फी ढंगले सभा सञ्चालन गरेको आरोप लगाइएको छ।

मण्डलले विपक्षी दलहरूको अनुपस्थितिमा समेत बैठक सञ्चालन गरेको, मुख्यमन्त्रीलाई समेत रोष्टम प्रयोग गर्न नदिएको जस्ता कार्यहरू पदको आचरणविपरीत भएको भन्दै ६४ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रस्ताव पेस गरिएको हो।

प्रस्तावमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झा, माओवादी केन्द्रका दलका नेता भरतप्रसाद साह, जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिष पटेल र नागरिक उन्मुक्ति पार्टीकी नेतृ उर्मिला देवी सिंह लगायतका हस्ताक्षर छन्।

मण्डल हालै नेकपा एमालेबाट सभामुख बनेका हुन् ।

प्रतिक्रिया