मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की ) । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ । गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मङ्सिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको प्रवक्ता माधवप्रसाद बाँस्तोलाले जानकारी दिए।
नियमित महाधिवेशन हुन नसकेमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने निर्णयसमेत प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको उनले जानकारी दिए । प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भेलाले भदौ २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमणप्रति आपत्ति जनाएको छ । भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा गर्न आवश्यक भएको र नियमित नसकिए विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।
उहाँले नेपाली जनतालाई साथमै लिएर कांग्रेसले आफ्नो सिद्धान्तलाई अगाडि सार्नुपर्ने भन्दै पार्टीले आफ्नो सिद्धान्त छाड्दा जनताबाट टाढा हुँदै गएको जिकिर गरे । “जनतालाई मालिक मानेर सेवा गर्न कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ । त्यसका लागि महाधिवेशन हुनुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ”, सभापति शर्माले भने।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया