सामान्य अंकले घट्यो नेप्से, काराेबार रकम ३ अर्ब ८९ करोड
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १६:०५

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन र अन्य समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ ।
सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सम्बन्धित














कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया